कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख ११ गते चुनाव हुने

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि आउँदो शुक्रवार वैशाख ११ गते चुनाव हुने भएको छ। निर्वाचन समितिले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको हो।

चुनावका लागि वैशाख १० गते बिहीवार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, शुक्रवार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको दरखस्त लिने र शुक्रवार दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.