बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा फेरि चन्द चयन

बैतडी –बैतडी निर्माण व्यवसायी संघको अध्यक्षमा फेरि सुरेश चन्द निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संघको १८ औं साधारण सभा तथा १० औं अधिवेशनले चन्दको अध्यक्षता नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा नरीसिंह भाट, द्वितीय उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, महासचिवमा विकास चन्द, सचिवमा पूर्णबहादुर टेर र कोषाध्यक्षमा राजेन्द्रबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा रमेश बहादुर चन्द, भुवन जोशी, अमित रावल, राजेन्द्र प्रसाद भट्ट, भुवनराज भट्ट, सरस्वती लेखक, सुधीर प्रसाद भट्ट र सुरज चन्द चयन भएका छन् ।

Leave A Reply

Your email address will not be published.