पाटन नगरपालिकाले ल्यायो, ६९ करोडको बजेट, नगरसभाबाट बहुमतले पारित

बैतडी-बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट पारीत गरेको छ । आज बसेको नगरसभाबाट आगामी आर्थिक वर्षको ६९ करोड बराबरको बजेट पारीत गरेको हो ।
नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराको असहमती भएको अवस्थामा नगर प्रमुख गौरी सिंह रावलले सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टलाई बजेट प्रस्तुत गर्न लगाएका थिए । उक्त बजेट नगरसभामा उपस्थित नगरसभाका सबै सदस्यहरुले बजेटमा सहमती जनाउदै पारीत गरेका हुन् ।
वडा अध्यक्ष बिष्टले पेश गरेको बजेटमा नगरपालिकाले हालसम्म रहेका अधुरा योजनालाई अघि बढाउने तथा यस आर्थिक वर्षलाई नगरपालिकाले थप उपलब्धिमुलक बनाउने योजना अघि सारेको जनाएका छन् ।
शिक्षा, स्वास्थ्य, पुर्वाधार, प्रशासनीक योजना र सेवा प्रवाहलाई थप परिस्कृत गर्ने योजना बजेटमा समाबेस गरिएको बिष्टले बताउनुभयो ।
नगरसभामा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले आर्थिक विधेयक पेश गरेका थिए । सो विधेयक पनि पारीत गरिएको नगर प्रमुख गौरी सिंह रावलले बताउनुभयो ।
नगर उपप्रमुख बोहरासँगै प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल पनि उपस्थित थिएनन् । निमित्तको जिम्मेवारीमा रहेका ललित कुमार पाण्डेयको उपस्थिति रहेको थियो ।
आफुले नगर उपप्रमुखसँगै प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग समन्वय गर्दै समजदारीमा अघि बढ्ने विषयमा छलफल गरिएको भएपनि सफल नभएको नगरसभा सदस्यहरुलाई जानकारी गराएका थिए ।
नगर योजना तर्जुमा समितिका संयोजक समेत रहेका नगर उपप्रमुख बोहराले कमल सिंह बोहराले आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमा प्रक्रिया विधिसम्मत र पारदर्शी ढंगले अघि नबढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत उपप्रमुख बोहराले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा स्थानीय तह योजना तथा बजेट तर्जुमा सम्बन्धी निर्देशिकाले तोकेको प्रक्रिया पालना नगरी बजेट निर्माणको काम अघि बढाइएको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.