नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग टी–२० शृङ्खला खेल्ने भएको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा नेपाल र भारत ‘ए’ बीच ३ खेलको टी–२० शृङ्खला हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार आउँदो डिसेम्बर ९, ११ र १३ तारिखमा टी–२० शृङ्खला हुनेछ ।
स्कटल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो शृङ्खला तय भएको हो ।