स्वास्थ्य कार्यालय बैतडीको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

बैतडी-स्वास्थ्य कार्यालय बैतडीले संचारकर्मी संग कार्यालयले सम्पदान गरेका बार्षिक कार्यक्रमको समिक्षा गरेको छ।

स्वास्थ्य कार्यालयबाट प्रदान गरिने सेवालाई दुरदराजका नागरिक सम्म स्वास्थ्य नीती, सेवा र स्वास्थ्य चेतनालाई सरल र स्थानीय भाषामा सम्प्रेषण गर्ने सयन्त्रको विकास गर्ने उद्देश्यले पनि समिक्षाको कार्याक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

समिक्षा कार्यक्रममा बर्ष भरी कार्यालयले सम्पादन गरेका प्रगतीबारे संचारकर्मीलाई जानकारी गराएको थियो। सम्पन्न गरेका कार्यक्रममा संचारकर्मीहरुका थप केहि सुझाव सल्लाह भए अगामी दिनमा सुधार गर्ने उनले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए।उनले स्वास्थ्यका सूचकाङ्कमा सुधार हुनु मात्र पर्याप्त नभई नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्नु कार्यालयको मुख्य प्राथमिकता रहेको उल्लेख गरे।
स्वास्थ्य कार्यालयले सञ्चारमाध्यमसँगको सहकार्यले स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न र समुदायसम्म सही सूचना पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.