बाढीपीडितका लागि बैतडी कांग्रेसले एक लाख एक हजार सहयोग गर्ने

बैतडी-भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाली कांग्रेस बैतडीले एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयअन्तर्गत रहेको राहत कोषमा उक्त रकम जम्मा गरिने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयो ।

बैठकले बाढीमा परी बेपत्ता भएकाहरुको खोजी तथा उद्धार र प्रभावितलाई राहत वितरणको कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रहसमेत गरेको छ ।

यस्तै, नेपाली कांग्रेस बैतडीको आठौँ जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले जिल्लाका ८४ वटै वडा, १० वटै पालिका र दुईवटै क्षेत्रीय कार्यसमितिलाई अधिवेशनको पूर्वतयारी अघि बढाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

अधिवेशनसम्बन्धी आवश्यक निर्णय गर्न यही भदौ २१ गते जिल्ला कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णयसमेत गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.