घाँस काट्ने क्रममा भीरबाट लडेर बालिकाको मृत्यु

बैतडी-बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–५ दानाडाका मानबहादुर बोहराकी अन्दाजी १२ वर्षीया छोरी पूर्णिमा बोहराको भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष नागीसिंह खडायतले जानकारी दिए ।
बिहीबार दहतालस्थित पानीखोला भीरमा घाँस काट्ने क्रममा लडेर करिब ४ सय मिटर तल खसेकी बोहराको घटनास्थलमै मृत्यु भएको स्थानीय केशव बोहराले बताए ।

उहाँका अनुसार बिहीबार साँझ करिब ५ बजेतिर बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।मृतक बोहरा भूमिराज माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

Leave A Reply

Your email address will not be published.