बैतडीको मेलौलीमा आयल स्टोर सञ्चालन

बैतडी-बैतडीको मेलौलीमा नागार्जुन ट्रेड एण्ड सप्लायर्सले आयल स्टोर सञ्चालनमा ल्याएको छ ।मेलौली नगरपालिका वडा नम्बर–७ कुन्थला नजिकै आयल स्टोर सञ्चालनमा ल्याइएको हो ।

शुक्रबारबाट पेट्रोलियम पदार्थ विक्रि वितरण सुरु गरिएको सञ्चालक हरिष ठकुराठीले जानकारी दिए । उनका अनुसार आयल स्टोरमा ६÷६ हजार लिटर क्षमताका दुईओटा ट्यांक राखिएका छन् ।

आयल स्टोरबाट चौबिसै घण्टा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिने बताइएको छ ।नेपाल आयल निगमले तोकेको मूल्यमा डिजेल र पेट्रोल उपलब्ध हुने आयल स्टोरका सञ्चालक ठकुराठीले जानकारी गराए।

मेलौलीमा आयल स्टोर सञ्चालनमा आएसंगै ग्राहकहरुलाई सहज भएको स्थानीय राकेश दयालले बताए ।

आयल स्टोर सञ्चालनमा आएसँगै ,मेलौली, शिवनाथ, पञ्चेश्वर लगायत सहज भएको यातायत व्यवसायीहरुले बताए । आयल निगमले तोकेकै दररेटमा इन्धन उपलब्ध हुने छ ।

Leave A Reply

Your email address will not be published.