बैतडी: भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैतडीको श्री उदयदेव माध्यमिक विद्यालय पाटन ७ किम्तोलीका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्। विद्यार्थीहरूले संकलन गरेको ९ हजार २ सय १५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकले कठिन परिस्थितिको सामना गरिरहेका बेला विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार गरेको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको भावना उजागर गरेको छ।
सानै उमेरदेखि विपद्मा परेका नागरिकलाई सहयोग गर्ने संस्कारको विकास हुनु सकारात्मक पक्ष भएको स्थानीयको भनाइ छ।