मेलौलीका राजेन्द्र सुदूर–कर्णाली सिङ्गिङ स्टारको फाइनलमा

बैतडी-बैतडीको मेलौलीका राजेन्द्रकान्त दयाल सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार–२०२६ को गायनतर्फ फाइनलमा प्रवेश गरेका छन्।

शनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न चरण पार गर्दै दयाल फाइनलमा प्रवेश गरेका हुन्।

फाइनलमा पुगेपछि उनले आफ्नो प्रस्तुति तथा प्राप्त हुने मतका आधारमा नतिजा निर्धारण हुने भएकाले आफूलाई मत दिएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

पेशाले स्वास्थ्यकर्मी रहेका दयाल कला क्षेत्रमा समेत सक्रिय छन्। उनी बैतडीको आयुर्वेद औषधालय मुस्याचोरमा कार्यरत छन्। स्वास्थ्य सेवासँगै गायन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका दयालले विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा समेत सहभागिता जनाउँदै आएका छन्।

फाइनलमा पुगेपछि दयालले आफूलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी प्रस्तुतिका लागि पनि साथ र सहयोगको अपेक्षा गरेका छन्।

उनले फाइनलमा आफ्नो प्रस्तुति महत्वपूर्ण भए पनि दर्शक तथा शुभेच्छुकबाट प्राप्त हुने मतसमेत निर्णायक हुने भएकाले सबै संस्कृतिप्रेमी, शुभेच्छुक तथा संगीतप्रेमीलाई आफूलाई मत दिन आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.