एशियाली खेलकुद महिला भलिबल:नेपाल समूह चरणबाटै बाहिरियो

काठमाण्डौ – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुद ९एसियाड० अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ ।

आज भएको समूह ‘ए’ को खेलमा नेपाल इन्डोनेशियासँग ३–० को सोझो सेटमा पराजित भयो । इन्डोनेशियाले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो ।

योसँगै समूह ‘ए’ बाट जापान र इन्डोनेशिया क्वाटरफाइनलमा पुगेका छन् । यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा ४ वटा समूहमा १४ टोली सहभागी छन् । समूह ‘ए’ र ‘बी’ मा ३र३ र समूह ‘सी’ र ‘डी’ मा ४र४ वटा टोली छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

एशियाली खेलकुदको औपचारिक उद्घाटन पर्सि शनिवार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लिग चरणको खेल भने शुरू भइसकेको छ । प्रतियोगितामा नेपालले २१ खेलमा सहभागिता जनाएको छ ।

Leave A Reply

Your email address will not be published.