मेलौलीमा कार्तिक १३ देखि भलिबल प्रतियोगिता हुँदै,प्रथम पुरस्कार १ लाख ११ हजार १११

बैतडी-बैतडीको मेलौलीमा वडास्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा कात्तिक १३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताका विषयमा जिल्ला खेलकुद समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टोलीले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुने टोलीले रु ७७ हजार ७७७ तथा तृतीय हुने टोलीले रु ४४ हजार ४४४ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भूपेन्द्र चन्दका अनुसार प्रतियोगिता सञ्चालनका लागि पूर्वखेलाडी तथा खेलकुदप्रति आस्थावान व्यक्तिहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट एक टोलीले मात्र सहभागिता जनाउन पाउनेछ ।

प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जिल्ला खेलकुद समिति प्रमुख तर्कराज जोशीले बताउनुभयो ।

यस्तै प्रतियोगितालाई विवादरहित रूपमा सम्पन्न गर्न आफूहरू तयार रहेको बैतडीका भलिबल प्रशिक्षक हरि भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.