बैतडी–नेपाली कांग्रेसको देउवा पक्षले बैतडीको मेलौलीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
असोज १५ देखि वडा अधिवेशनको तयारीमा रहेको संस्थापन इतर समूहले सम्पर्क कार्यालय स्थापना गरेको अधिवेशन आयोजक समिति मेलौलीका संयोजक महेशदत्त भट्टले जानकारी दिए ।
संस्थापन पक्षले १५ औं महाधिवेशन अन्तर्गत वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा देउवा समूहले असोज १५ देखि वडा अधिवेशनको तयारी गरेको हो ।
बैतडीमा संस्थापन इतर समूहले पार्टी उपसभापति बिरबहादुर बिष्टलाई अधिवेशन आयोजक समितिको संयोजक तोकेको छ । १५ औं नियमितको महाधिवेशनको तालिका अनुसार अधिवेशनको तयारी भइरहेको बिष्टले बताए ।