बैतडी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगर समितिले नगरपालिकाका विभिन्न समस्या समाधानको माग गर्दै नगर प्रमुख भीमबहादुर चन्द समक्ष ध्यानाकर्षणपत्र बुझाएको छ।
रास्वपा मेलौली नगर सभापति महेन्द्र भट्टको नेतृत्वमा गएको टोलीले बुझाएको पत्रमा अविरल वर्षाका कारण क्षतिग्रस्त सडक तथा सार्वजनिक संरचनाको तत्काल मर्मत, नागरिकका गुनासा समयमै सम्बोधन, केशरपुर स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्न माग गरिएको छ।
यस्तै, ज्यालादारीमा काम गर्ने नागरिकलाई समान अवसर र समान ज्याला उपलब्ध गराउन तथा मेलौली–९ स्थित विशालपुर माध्यमिक विद्यालयमा क्षतिग्रस्त संरचनाको तत्काल मर्मत तथा पुनःनिर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्नसमेत माग गरिएको नगर सभापति भट्टले बताए ।
नगर सभापति भट्टले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक पहल गर्न नगरपालिकासँग आग्रह गरिएको बताए।
