बैतडी-पाटन नगरपालिका–१ डंसिली निवासी तथा नेपाली सेनामा कार्यरत केशब राज भट्टराईले विद्यालयका बालबालिकाका लागि १० सेट खेलकुद पोसाक सहयोग गरेका छन्।
भूतपूर्व विद्यार्थीसमेत रहेका भट्टराईले विद्यालयमा अध्ययनरत बालबालिकाको खेलकुदप्रतिको रुचिलाई ध्यानमा राख्दै पोसाक सहयोग गरेका हुन्। आफू पनि खेलाडी भएकाले विद्यालयमा खेलकुद गतिविधि र विद्यार्थीको प्रतिभा विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले पोसाक उपलब्ध गराएको बताइएको छ।
भट्टराईले उपलब्ध गराएको खेलकुद पोसाक विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्ष मदन राज भट्टराईमार्फत विद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक गगन सिंह बोहराले भूतपूर्व विद्यार्थीबाट विद्यालयलाई गरिएको सहयोगले विद्यार्थीमा खेलकुदप्रतिको उत्साह बढाउने बताए ।
उहाँले विद्यार्थीको प्रतिभा विकासमा यस्ता सहयोग महत्वपूर्ण हुने भन्दै सहयोगका लागि भट्टराईलाई धन्यवाद दिए ।