बैतडीको खोड्पेमा प्रि–ट्रमा सेन्टर सञ्चालनमा ल्याइने

बैतडी–बैतडीको खोड्पेमा प्रि–ट्रमा सेन्टर सञ्चालनमा ल्याइने भएको छ ।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खोड्पेमा प्रि–ट्रमा सेन्टर सञ्चालन गरिने बताएका छन् ।

डोटीको जोरायलस्थित छतिवन स्वास्थ्यचौकी र बैतडीको खोड्पेमा प्रि–ट्रमा सेन्टर सञ्चालनका लागि दुई करोड बजेट विनियोजन गरेको उनले बताए ।

खोड्पेमा ट्रमा सेन्टर सञ्चालनका लागि आर्थिक बर्ष २०७७÷७८ मा भवन निर्माण गरिएको भएपनि आवश्यक जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको थिएन् ।

प्रदेश सरकारले बजेट विनियोजन गरेपछि उक्त ट्रमा युनिट सञ्चालनमा आउने अपेक्षा गरिएको पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

खोड्पेमा प्रि–ट्रमा सेन्टर सञ्चालन भएका दुर्घटना तथा विपद्बाट घाइते भएका बिरामीहरुको तत्काल उपचार गराउन सहज हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.