२२ वर्षमै प्रहरी निरीक्षक बनिन् मेलौलीकी शिखा भट्ट, बुवा पनि पूर्व प्रहरी निरीक्षक

बैतडी-बैतडीको मेलौली नगरपालिका–७, काँडा गाउँकी शिखा भट्ट २२ वर्षको उमेरमै प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेकी छन । शिखा प्रहरी निरीक्षक बनेपछि उनको परिवारमा खुसी छाएको छ।
शिखाका बुवा नरपति भट्ट पनि नेपाल प्रहरीमा प्रहरी निरीक्षकको पदबाट सेवा निवृत्त भएका व्यक्ति हुन । बुवाले लामो समय प्रहरी सेवामा बिताएको अनुभव र राष्ट्रसेवाको पृष्ठभूमिबाट प्रेरित भएर आफूले पनि राष्ट्रसेवाको बाटो रोजेको शिखाले बताइन ।
आफूले पनि प्रहरी सेवामार्फत राष्ट्रको सेवा गरिसकेको उल्लेख गर्दै नरपति भट्टले छोरीले समेत देश र जनताको सेवामा योगदान र्पुयाउने विश्वास व्यक्त गरे । छोरी प्रहरी निरीक्षक बन्न सफल भएपछि आफू र आफ्नो परिवार खुसी भएको उनले बताए।
२२ वर्षकै उमेरमा प्रहरी निरीक्षक बनेकी शिखाका अगाडि अब राष्ट्रसेवा र नागरिकको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी आएको बुवा नरपति भट्टले बताए।
उनले भने आगामी दिनमा समाज सेवामार्फत समाजका लागि थप योगदान पुर्‍याउने लक्ष्य रहेको छ।
Leave A Reply

Your email address will not be published.