मेलौलीमा विजया दशमीको अवसरमा साहित्यिक भेटघाट तथा शुभकामना आदानप्रदान

बैतडी-विजया दशमी २०८३ को अवसरमा बैतडीको मेलौलीमा साहित्यिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार मेलौली भगवती प्राङ्गणमा आयोजित कार्यक्रममा साहित्यकार, लेखक, कलाकार तथा स्थानीय साहित्यप्रेमी र कला प्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदानसँगै रचना वाचन, साहित्यिक प्रस्तुति तथा पुस्तक प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा साहित्यकार कर्ण दयाल ‘ स्वराडी’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेलौली नगरपािलकाका निर्तमान नगगर प्रमुख कृष्ण सिंह नायक सहभागी रहेका थिए । विशिष्ट अतिथिका रूपमा गायक तथा कलाकार मनोहर परियारल गायत साहित्य तथा कला क्षेत्रसँग आबद्ध तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी साहित्यकार तथा सर्जकहरूले आफ्ना सिर्जना वाचन गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए ।

विजया दशमीको अवसरमा आयोजना गरिएको कार्यक्रमले स्थानीय साहित्यकार तथा सर्जकबीच आपसी सद्भाव, सिर्जनात्मक आदानप्रदान र साहित्यिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा स्थानीय साहित्यकार, लेखक, कलाकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.