आज विश्व पोलियो दिवस

आज विश्व पोलियो दिवस, नेपालमा पनि पोलियोप्रति सचेतना जगाउने कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर–२४ तारिखका दिन विश्वभर विश्व पोलियो दिवस मनाउने गरिन्छ ।

यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने काम गरिन्छ । विश्वको कुनै एक देशमा पनि पोलियो देखा पर्नुको अर्थ सबै देशहरू पोलियोको खतरामा रहन्छ भन्ने हो । एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायु प्रणालीलाई असर पुर्‍याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हुँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ ।

नेपाल सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.