नेपाली कांग्रेसको देउवा समूहको बैतडी जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा वीरबहादुर विष्ट चयन

बैतडी-नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बैतडीमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन भएका छन्।

अधिवेशनबाट जिल्ला कार्य समितिको उपसभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी चयन भएका छन्।

त्यस्तै, सचिवमा लालबहादुर चन्द र महेशदत्त भट्ट तथा सहसचिवमा वीर बहादुर गडाल र भानदेव भट्ट चयन भएका छन्।

यसैगरी, प्रदेश सभा क्षेत्र नम्बर ‘क’ को सभापतिमा रिकेश बहादुर बोहोरा चयन भएका छन्। उक्त क्षेत्रको उपसभापतिमा जोगा सिंह साउद र उत्तरबहादुर चन्द, सचिवमा डम्मरे कुँवर र अम्बादत्त पन्त तथा सह सचिवमा गणेशदत्त भट्टराई र हजारि महरा चयन भएका छन्।

प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ को सभापतिमा भरत सिंह पुजारा चयन भएका छन्। उक्त क्षेत्रको उपसभापतिमा देव बहादुर चन्द र भीमराज भट्ट, सचिवमा डम्बरदत्त कलौनी र राजेन्द्र जोशी तथा सहसचिवमा रतन सिंह कार्की र शुक्र सिंह महता चयन भएका अधिवेशन तयारी समिति सदस्य अशोक विष्टले जानकारी दिए ।

अधिवेशनबाट जिल्ला तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी चयन भएसँगै देउवा पक्षले बैतडीमा आफ्नो संगठनात्मक संरचनालाई अघि बढाएको छ।

Leave A Reply

Your email address will not be published.