विराटनगरविरुद्ध चितवन राइनोजको ८ रनको रोमाञ्चक जित

काठमाडौँ-चितवन राइनोजले नेपाल प्रिमियर लिग  (एनपीएलमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरे १९ ओभर ३ बलमा १४९ रनमै रोकियो।तेस्रो संस्करणको खेलमा विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरीले ४ ओभर बलिङमा २६ रन खर्चेर ४ विकेट लिए।रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए।

विराटनगरका लागि ओपनर इम्रान शेखले ३९ र आन्द्रे रसेलले ३३ रनको योगदान गरे। अर्का ओपनर लोकेश बमले २६, एञ्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ रन जोडे।

चितवनका निम्ति ओपनर डेविड मलानले ७० रन जोडे। उनले ५० बलमा समान पाँच चौका र छक्का प्रहार गरे। अविजित रहेका रवि बोपाराले ३२, ड्यान मुस्लेले २९ र देव खनालले १२ रन जोडे।

विराटनगरका एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान एक विकेट लिए।

जितसँगै चितवनले दुई अंक जोडेको छ। चितवनले अब दोस्रो खेल यही अक्टोबर ३१ मा लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ।विराटनगरले सोही दिन दुई सिजनको उपविजेता सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ।

Leave A Reply

Your email address will not be published.