बैतडी भलिबल प्रतियोगिता: महिलातर्फको उपाधि शिवनाथ –६ लाई

बैतडी–बैतडीको मेलौलीमा सम्पन्न भएको जिल्लास्तरीय अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि शिवनाथ–६ ले हात पारेको छ ।

फाइनल खेलमा पुर्चौंडी–१ लाई ३–० को सोझो सेटमा हराउँदै शिवनाथ –६ ले उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै शिवनाथ–६ ले नगद १ लाख ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोश्रो भएको पुर्चौंडी–१ ले नगद ७७ हजार ७ सय ७७ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा तेश्रो भएको मेलौली नगरपालिका–७ को टीमले नगद ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.