वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याइने


जेठ १५, आइतबार २०७९

काठमाण्डौ – सरकारले स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९ र८० को बजेट प्रस्तुत गर्दै स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने बताउनुभएको हो ।

यस्तै सामाजिक सुरक्षा कोषमा रहेको रकम व्यवसाय सञ्चालन गर्न र व्यवसायीक सीप सम्बन्धी तालिम सञ्चालनका लागि पनि प्रयोग गरिने भएको छ ।

उत्पादनमूलक तथा पूर्वाधारको क्षेत्रमा कोषको रकम लगानी गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

अन्तिम अपडेटस् जेठ १५, २०७९

Leave A Reply

Your email address will not be published.