बैतडी – बैतडीको पुर्चौडी नगरपालिका –मा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली बैतडीको आयोजनामा शिविर सम्पन्न भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द मेलौलीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले जानकारी दिनुभयो ।
सम्पन्न शिविरमा एक सय ५९ जनाले सेवा लिएका छन ।जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको चन्दले बताउनुभयो । शिविरमा वाथ, स्त्रीरोग, अल्मपित्त लगायत रोगको जाँच गरिएको थियो । शिबिरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक डा सिर्जना भण्डारी र कृष्ण धामीले बिरामीको जाँचसँसंगै परामर्श र औषधि दिनुभएको थियो ।
शिविर आयुर्वेद सेवा नपुगेका ठाउँ सेवा बिस्तारसंगै प्रचारप्रसारका लागि गरिएको कार्यालयले जनाएको छ । गाउँमै आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय खुशी भएका छन ।
