संगठन विस्तार अभियानलाई तीव्रता दिँदै एकीकृत समाजवादी

बैतडी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बैतडीले संगठन विस्तारको अभियानलाई तीव्र पारेको छ । सो पार्टीले पालिका हुँदै वडा कमिटीसम्म पार्टी, जनवर्गीय संगठन निर्माणको अभियानलाई तीव्रता दिएको हो ।
सोहीअनुरुप शुक्रबार मेलौली नगरपालिकामा नगरस्तरीय युवासंघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ समाजवादी लगायत जनवर्गीय संगठन निर्माण गरेको हो।
पार्टी र जनवर्गीय संगठनबिना पार्टीले लिएको नीति, विचार र सिद्धान्त जनतासम्म पुग्न नसक्ने भएकाले आफूहरूले पार्टी संगठन र जनवर्गीय संगठनको संरचना निर्माण अभियानमा लागेको सो पार्टीका मेलौली नगर कमिटी अध्यक्ष विरेन्द्र बहादुर चन्दले बताए ।

Leave A Reply

Your email address will not be published.