बैतडी-नेकपा एमाले बैतडीले जिल्लाका विभिन्न वडामा वडा अधिवेशन सुरु गरेको छ। यसैक्रममा मेलौली नगरपालिका–४ को तेस्रो वडा अधिवेशन बिहीबार सम्पन्न भएको छ।
अधिवेशनबाट लक्षी औजीको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमालेका युवा नेता तपेन्द्र विष्टले जानकारी दिनुभयो।
नवगठित कमिटीको उपाध्यक्षमा गंगा देवी औजी, सचिवमा इन्द्र चन्द र उपसचिवमा जानकी भण्डारी चयन हुनुभएको छ।
पार्टी संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने तथा जनतासँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यले अधिवेशन आयोजना गरिएको जनाइएको छ।
अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो