राष्ट्रियता झल्किने गीत “डाँफे हिमाल” सार्वजनिक भएको छ। चर्चित देउडा गायक भानुभक्त जोशीको लय शब्दमा रहेको गित भिडियो सहित सर्वाजनिक भएको हो ।
गितमा पछिल्लो समयका जल्दा बल्दा गायक सेरि औजी र गायिका चिना बिकले समधुर स्वर दिएका छन। गितलाई सम्झना म्यूजिक फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
थापा कमल बिबेकले सम्पादन गरेको भिडियोलाई बिनोद भण्डारी र सुवाश विष्टले छायांकन गरेका छन। नरेश कुमार एम र रमेश धामी सम्झना मायालुको निर्देशनमा तयार पारिएको गीतमा नरेश कुमार एम र यशोदा अधिकारीले अभिनय गरेको गायक औजिले बताए।
यो भन्दा अगाढिका गितहरु जस्तो यो गितलाई पनि माया गरिदिन गायक औजिले सबै स्रोता तथा दर्शकहरुमा अनुरोध गरेका छन।
भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोला ।