बैतडी-मणिलेक नमुना माध्यमिक बिद्यालय मेलौली नगरपालीका–०७ काँणाको बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ। आईतबार बसेको अभिभावक भेलाले केशब सिह भाट्को अध्यक्षतामा सर्बसम्मत समिति गठन गरिएको हो।
समितिको सदस्यमा कृष्ण दत्त भट्ट, मनिसा दयाल, लक्ष्मी नेगि, पशुपति चन्द, केशब सिह बिष्ट, वडा प्रतिनिधिबाट लोकमणि भट्ट, शिक्षक प्रतिनिधिबाट धर्मदेब ओझा र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक रमेश दत्त बागलाई चयन गरिएको शिक्षक माहादेब ओझाले बताए।
नब गठित बिद्यालय ब्यवस्थापन समितिले बिद्यालयको चौतर्फि बिकासमा काम गर्ने जनाएको छ।