आर्यघाटमा अन्त्येष्टिको लागि लैजादै गर्दा
“राम नाम सत्य हो” ध्वनि गुन्जायमान हुँनेछ
त्यो गुञ्जायमान भएको मात्रै हो
राम कुनै नाम होइन
कुनै सत्य असत्य पनि होइन
एकहुँल मेराहरुले
मलाई खरानी बनाउन लैजादा दिक्क मानेर गाँउने गित मात्र हो
यदि “राम नाम ” सत्य थियो भने
म जन्मिदा
मेरो देह मृत्यु लोकमा अवतरण हुँदा
सत्य नाममा किन तिम्रो ओठ चलेन ?
मायाको यो शंसारमा
धोकाको यो शंसारमा
के सत्य कुरा सुनाउनै नहुँने थियो र ?
जब म कहिल्यै नउठ्ने गरेर निदाए
जब मेरा चक्षु अनुभुति नै नगर्ने भएर शान्त भए
मेरो देह खरानी बन्न तयार हुँन थाल्यो
मेरा वरीपरीका एकहुँल तिमीहरु
“राम नाम सत्य हो ” गाउँन थाल्यौ
यो गायन तिम्रो लागि कि मेरो लागि ?
आगनमा फुल्दै गरेको विचरा तूलसीको कलीलाई
मेरो नामले निमोठेर
रंङ्गहीन पानीमा भिजाई
जबर्जस्ती मेरो कण्ठमा लगाउन थाल्यौ
तिम्रो यस्तो हालत बनाएछन
पृय चन्दन र तूलसी मेरो के नै दोष छ र ?
म त अलप हुँन निदाएको थिए !
यहाँ मेरो ‘म’ का अवशेषहरु छैनन्
सत्य अनुभुति गराउनेहरु छैनन्
आर्यघाट लैजादै गर्दा सत्य देखेको “राम नाम” लाई
म जन्मदा देखेको भए
यदि ब्रह्माण्ड गुञ्जायमान हुने गरी गाएको भए
मेरो ‘म’ लाई आफ्नो धाम जादा
बिचरा चन्दन र तूलसीको हत्या हूँने थिएन !
यहाँ हत्या गरेर सत्य सुनाउने सभ्यता छ
अलप हुँदा अरुले “राम” भनिदिने सभ्यता छ
यदि “राम” सत्य नै हो भने
म कहिल्यै नसुन्ने गरेर निदाउँदा अरुले नगून्गूनाइदीनु
म पुर्ण चैतन्य भएर जाग्दा
अनुभुति गर्न तयार मेरा चक्षुहरु हुँदा
“राम नाम सत्य हो” भनेर म आँफै गाउने छु
मेरो “म” लाइ “राम” ‘मै’ मिलाउन लागिरहने छुलेखक:मेलौली नगरपालिका बैतडीका प्रमुख प्रशासकीय अधिकृत हुन।