डडेल्धुराको अजयमेरुमा निःशुल्क प्रजनन् स्वास्थ्य शिबिर सम्पन्न, २३१ जनाले सेवा लिए

बैतडी-डडेल्धुराको अजयमेरु गउपालिका–०६ राजुलमा निशुल्क प्रजनन् स्वास्थ्य शिबिर सम्पन्न भएको छ। शनिबार स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना र वडा कार्यालयको समन्वयमा आधारभूत स्वास्थ्य सेवा केन्द्र राजुलमा शिविर सम्पन्न भएको हो।

सम्पन्न शिबिरबाट १९० जना महिला र ४१ जना पुरुष गरि २३१ जनाले सेवा लिएको वडा अध्यक्ष हरिसिह भण्डारीले बताए। शिबिरमा २१ गर्भवति महिला र ३४ जना अन्य ब्यक्तिहरुले भिडियो एक्स रे गरिएको थियो।

यसैगरि शिबिरबाट ४ जना महिलाहरुले ईन्प्लान्ट राखेका थिए भने २ जना महिलाले निकालेका थिए। १ जना महिलाले आईयुसिडी निकालेका थिए भने २८ जना महिलाहरुले पाठेघरको मुखको क्यान्सर परिक्षण गराएको वडा अध्यक्ष भण्डारीले बताए।

शिबिरमा ५ जना आङ खसेका महिलाहरु छनोट भएका छन। शिबिरमा सेवा लिन आएका २३१ जनालाई सम्बन्धित समस्याहरुको औषधि बितरण गरिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.