डडेल्धुराको अजयमेरु–०६ मा ७ दिने आरन सिप बिकास तालिम सुरु

बैतडी–डडेल्धुराको अजयमेरु गउपालिका–०६ राजुलमा ७ दिने आरन सिप बिकास तालिम सुरु भएको छ। वडा कार्यालयमा आईतबार बाट तालिम सुरु भएको वडा अध्यक्ष हरिसिह भण्डारीले बताए।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको आयोजनामा ७ दिने आरन सिप बिकास तालिम सञ्चालन भएको वडा अध्यक्ष भण्डारीले बताए। तालिममा दुर्गमा बस्तिका १२ सहभागि भएका छन।

तालिममा सहभागि १२ जनाहरुलाई अन्तिम दिन आरन सम्बन्धि प्रबिधि हस्तान्तरण गरिने समेत वडा अध्यक्ष भण्डारीले बताए। तालिममा सहभागिहरुले आरन सम्बन्धि तालिम लिन पाउदा खुसि भएको बताएका छन।

Leave A Reply

Your email address will not be published.