दिपक राज दिर्घायु
श्रावण ०५ मंगलबार,२०७८
बैतडी–बैतडीका बिभिन्न ठाउमा जंगली बदेलले पाक्नै लागेको कमैबाली नष्ट गर्न थालेको छ। किसानहरुले आफुसक्दो परिश्रम गरेर खेतमा लगाएको मकैबाली पाक्नै लागेको बेलामा नष्ट गर्न थालेपछि किसानजहरु चिन्तीत बनेका हुन।
जिल्लाको पाटन नगरपालीका–०१ सकार गाउँका बिभिन्न ठाउँमा लगाएको मकैबाली जंगली बदेलले साखाप पार्न थालेपछि किसानहरु भोकमरी हुने चिन्तामा पुगेका हुन।
यस्तै मेलौली नगरपालिका–२ कर्पतका बिभिन्न ठाउँहरुमा र पञ्चेश्वर गाउपालीका–४ का बिभिन्न बस्तिहरुमा जंगली बदेलले पाक्नै लागेको कमैबाली नष्ट गर्न थालेको हो।
पाक्नै लागेको मकैबाली यसरि जंगली बदेलले नष्ट गर्न थालेपछि बदेल धपाउन स्थानियहरु खेतबारीमै झुप्रो बनाएर रातभर जाग्राम बस्ने गरेका छन।
बैतडीका अंधिकाश ठाउँहरुमा हरेक बर्ष जंगली जनावहरुले पाक्नै लागेका मकैबाली सखाप पादै आईरहेका छन।