परिवार कै सफल बाटो चुन्छिन् मेरी आमा
हँसाउन मलाई आफै रुन्छिन् मेरी आमा !!जति पिडा दिए पनि आफ्नै सन्तानले
पिडा लुकाई सँधै खुशी हुन्छिन् मेरी आमा!!दश महिना कोखमा राखी दुःख भुली हुर्काएनि
ममताको हातले अझै छुन्छिन् मेरी आमा!!त्यसै ठुलो भए जस्तो सन्तानले गरे पनि
ममताको मालामा नै उन्छिन् मेरी आमा!!दश धारा दुधको मूल्य नचुकाएनी सन्तानले
उज्ज्वल सपना मनभरी बुन्छिन् मेरी आमा ।।