बैतडी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बाहादुर शाहले मेलौलीको खानेपानि समस्या समाधान एक बर्ष भित्रमा गर्ने बताउनु भएको छ। मेलौलीमा शुक्रबारबाट सञ्चालन भएको बृहत निुःशुल्क स्वास्थ्य शिबिरको उद्घाटन गर्न मेलौली आएका मुख्यमन्त्रि शाहाले मेलौलीको खानेपानि समस्या एक बर्षमा समाधान गर्ने बताउनु भएको हो।
खानेपानिको समस्याबाट आजको जनता बञ्चीत हुन हुदैन भन्ने आफ्नो मान्यता रहेको बताए। हामिसगं भएको सिमित स्रोत र साधनलाई सहि सदुपयोग गरि कार्यान्वयन गर्न सक्नु पर्ने पनि उनले बताए। स्थानिय तहले योजना छनोट गर्दा वडामा गरिने आमभेलालाई बिशेष प्राथमिकता दिनुपर्ने समेत बताए।
जनप्रतिनिधिले काम गदैगर्दा खेरि आफ्नो पाटिको नहेरि सबैको जनप्रतिनिधि भएर काम गर्न पनि उनले आग्रह गरे। निर्बाचन जितिसकेपछि जनप्रनितिधिले सधै जनताप्रति उत्तरदायि हुनुपर्ने र जनताको काम र सेवाका लागि सधै तत्पर हुनपर्ने बताए।
यसैगरि मुख्यमन्त्रि शाहले पञ्चेश्वरको माहाकाली नदिमा झोलुङ्गे पुल र झुलाघाटमा मोटरेवल पुल निमार्णको कार्य पनि छिटो भन्दा छिटो कार्यान्वयनमा लैजाने बताएका छन। आफु सधै जनताहरु सगै रहेको र पञ्चेश्वर सगै झुलाघाटमा छिटो भन्दा छिटो पुल मार्फत नागरिकले आवाज जावत गर्ने बाताबरण मिलाउने प्रतिबद्धता ब्यक्त गरे।
यहाका हरेक समस्यालाई समाधान गर्नका लागि आफु जहिल्यै पनि लागिरहने बताए। प्रदेश सरकारबाट हुने हरेक किसिमको सहयोग गर्ने र केन्द्र सरकारसगं हरेक ठाउका समस्या समाधानको पहल गर्ने बताएका हुन।
बैतडी समाज धनगढी कैलाली, मेलौली नगरपालिका, नेत्रालय प्राली धनगढी र च्याटरी हेल्थ फाउन्डेशनको संयुक्त आयोजनामा मेलौलीमा आजबाट तिनदिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको छ।
स्वास्थ्य शिविर उद्दघाटन कार्यक्रममा बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो। बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए