मेलौलीको कोटिगाँउमा नमुना युवा संसद कार्यक्रम सञ्चालन हुदै

बैतडी-मेलौली नगरपालीका–०८ कोटिगाँउमा नमुना युवा संसद कार्यक्रम सञ्चालन हुने भएको छ। आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रम अनुसार नमुना युवा संसद कार्यक्रम सञ्चालन हुन लागेको वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताए।

युवाहरुलाई संसदिय अभ्यासको बारेमा जानकारी दिने उदेश्यका साथ यहि बैसाख १७ गतेदेखि १९ गतेसम्म तिन दिन कार्यक्रम सञ्चालन हुने वडा अध्यक्ष बिष्टले बताए। कार्यक्रममा १६ बर्षदेखि २४ बर्ष उमेर समुहका युवा युवतिहरुले सहभागि हुन पाउने उनले बताए।

साबिकका ४ ओटा वडाहरुबाट दुई–दुई जना महिला पुरुषलाई अभ्यासमा सहभागि गराईने वडा अध्यक्ष बिष्टले बताए। अभ्यासमा सहभागि हुने ब्यक्तिले वडा कार्यालयमा आफ्नो परिचयपत्र खुल्ने कागजपत्र सहित सम्पर्क गर्न अनुरोध गरिएको छ।

युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ र भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्ने उदेश्यले नमूना युवा संसद कार्यक्रम सञ्चालन गर्न लागेको वडा अध्यक्ष बिष्टले बताए।

वडाले नमुना युवा संसद कार्यक्रम सञ्चालनको लागि ५० हजार छुट्याएको छ।

वडाद्धारा जारी गरिएको सुचना!

Leave A Reply

Your email address will not be published.