बैतडीको पाटनमा शर्मा र दनपामा भुजेल नयाँ ‘हाकिम’ आउदै

बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्जुन शर्मा आउने भएका छन्। संघीय मामिला समान्य तथा प्रशासन मन्त्रालयले उपसचिव शर्मालाई पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो।

यसअघि प्रमुखको रुपमा उपसचिव स्तरकै ओमप्रकाश पाण्डेय आएका थिए। उनी १ महिना नपुग्दै सरुवा भएका थिए। यसैगरी बैतडीको दशरथचन्द नगरपालिकामा हरि प्रशाद भुजेल आउने भएका छन्। उपसचिव स्तरका भुजेल दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने मन्त्रालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.