बैतडी-मेलौली नगरपालिका-०८ कोटिगाउका वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले निर्बाचित भएको एक बर्ष बित्दाको समयमा चाहेर पनि धेरै काम गर्न नसकिएको उल्लेख गरेका छन। शनिबार निर्बाचित भएको एक बर्ष पुगेको अवशरमा समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै यस्तो बताएका हुन।
उनले स्टाटस मार्फत आफुलाई निर्बाचित गराउने वडा बासिलाई धन्यबाद ज्ञापन गरेका छन। उनले लेखेका छन, “यो एक बर्षमा मैले के कति राम्रो गर्न सके त्यो मैले व्याख्या गर्दिन, जुन मुल्यांकनले जे नतिजा निकाल्छ म त्यसलाई ग्रहण गर्दै आगामी बर्षहरुमा थप राम्रो नतिजा ल्याउन अझै मेरो मेहनतको दायरालाई फराकिलो बनाउने प्रयास गरिरहने छु”।
निर्बाचित भएको एक बर्षमा चाहेर पनि धेरै काम गर्न नसकिएको उल्लखे गरेका छन। बजेटको अभाव, सरकार संचालनमा अनुभवको अभाव र विभिन्न कारणले धेरै केही गर्न नसकिएको उनले पोष्ट गर्दै उल्लखे गरेका छन।
जनताबाट प्राप्त चासो, गुनासो र प्रतिक्रिया दिमागमा पनि राखिएको उनले लेखेका छन। कार्यालयको आगामी कार्यक्रममा पनि लिपिबद्द गरेका छौ। आगामी दिनमा बाकि अभिभारा पूरा गरेरै छोडिनेछ्। जानिजानी गल्ती, कमजोरी र लावरवाही गरिएको छैन र गरिने छैन। आर्थिक रुपमा काहीँ कतै अलि पनि बदमासी गरिएको छैन, गरिने छैन, आफुले देखे जाने सम्म आफ्नो मातहतमा रहेका जनप्रतिनिधी र कर्मचारीहरुलाई पनि राम्रो गरि नियमन गरिएको छ, उनले स्टाटस मार्फत लेखेका छन।
सयौं काम गर्दै गर्दा अन्जानमा कतै काहीँ ढंग पुगेको छैन, कमजोरी भएको छ भने मार्गदर्शन गराउने, सचेत गराउई अभिभाबकत्व निभाईदिनु होला। आजको अवस्था जे छ यो कारणले कोहि निराश नभईदिनु होला, काम गर्न र नतिजा देखाउन समय लाग्दो रहेछ, जसरी बिश्वास गरेर भारी मत प्रदान गर्नुभयो त्यसैगरी बिश्वास गरि केही समय प्रतिक्षा गरिदिनु होला। मेरो कारणले यहाँहरुको शिर निहुरिने हैन, थोरै भएपनी सीर उच्च भएको महसुस पक्कै गराउने छु। यो एक बर्षमा मैले पनि धेरै कुरा सिक्ने अवसर पाए, सरकार संचालनमा साझेदार र सहभागी सबै पक्षलाई मसिनो गरि चिन्ने अवसर पाए, परिक्षणकाल झै मानिने यो एक बर्षमा जे जति अंक प्राप्त गरे कृपाङ्क दिएर न्याय गरिदिनु होला बाकी ४ बर्षहरुमा पूर्ण निष्ठा र ईमानका साथ थप मिहेनत गर्नेछु भनि उनले समाजिक सञ्जाल मार्फत जानकारी गरेका छन।
वडा अध्यक्ष बिष्ट नेकपा एमालेबाट निर्बाचित वडा अध्यक्ष हुन। नेपाली काँग्रेसका शम्भु सिह बिष्टलाई ८० मतान्तरले पछि पार्दै बिष्ट बिजयी भएका थिए।