मेलौलीमा भोलीबाट जेष्ट नागरिक दौड प्रतियोगिता हुदै

बैतडी-मेलौलीमा भोलीबाट जेष्ट नागरिक दौड प्रतियोगिता सञ्चालन हुने भएको छ। मेलौली नगरपालिका-०७को गाउँकोटमा वडा स्तरिय खुल्ला महिला पुरुष भलिबल तथा जेष्ट नागरिक महिला पुरुष १०० मिटरको दौड प्रतियोगिता सुरु हुने वडा अध्यक्ष रामचन्द्र भट्टले बताए।

वडाको आर्थिक सहयोग तथा वडा स्तरिय खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ। भरतपुर माबिको खेल मैदानमा शुक्रबार बिहान ९ बजेबाट खेल सञ्चालन हुने वडा अध्यक्ष भट्टले बताए।

प्रतियोगितलाई सम्पन्न गर्नमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिन वडा अध्यक्ष भट्टले आग्रह गरेका छन। वडाले यो प्रतियोगिताको लागि ५० हजार बजेट बिनियोजन गरेको छ। जेष्ट नागरिक १०० मिटरको दौड प्रतियोगिता हुने भनि वडाले बजेट छुट्याएपछि चारैतिर चर्चा समेत भएको थियो।

समाजिक सञ्चालमा जेष्ट नागरिकहरुको दौड प्रतियोगिता हुने भनेपछि अधिकाशंले आलोचना समेत गरेका थिए भने केहिले समर्थन समेत गरेका थिए।

Leave A Reply

Your email address will not be published.