बैतडी- बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटामा भोलि गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।सुर्नया युनाइटेड क्लबको आयोजना तथा वासुदेव माविको व्यवस्थापनमा सञ्चालन हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा चर्चित गायक चक्र बम र गायिका हरिना नाथको सहभागिता रहने सुर्नया युनाइटेड क्लबका अध्यक्ष प्रकाश साउँदले जानकारी दिए।यस्तै गायक रघुबीर भट्ट ‘रोज’, राम बिष्ट ‘जक्सन बरायल’, सोपानकुमार टिआर, रामसिंह महरालगायत कलाकारको समेत सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय तेक्वान्दो खेलाडी तथा रेफ्री धनबहादुर बिष्ट र तेक्वान्दो खेलाडी तथा रेफ्री प्रकाश साउँदलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।
‘खेलकुदमा समर्पण, संस्कृति संरक्षण र मानवताका लागि एक कदम’ भन्ने मूल नाराका साथ स्थापना भएको सुर्नया युनाइटेड क्लबको औपचारिक उद्घाटनसमेत कार्यक्रममा गरिने जनाइएको छ ।