बैतडी-सञ्चारकर्मी लक्ष्मण बिसीको नयाँ देउडा गीत ‘ओ भागा धौउलेनी कौकिता लेईजा सार्वजनिक भएको छ ।बिसीको शब्द तथा लोक देउडा गायक दीपक संगम बिसी र चर्चित गायिका गौरी भट्ट को स्वर रहेको सो देउडा गीत दीपक संगम बिसीको युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गायक बिसीले संगित भरेका छन् भने एरेन्ज र मिक्सीङ् को काम स्वयमले गरेका छन् । गीतको भिडीयोमा गायक स्वयम संगै निरुता विष्टको अभिनय रहेको छ ।
सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्परासँग जोडिएको गौरापर्व तथा देउडा संस्कृतिलाई समेटेर गीत तयार पारिएको हो । गौरापर्वमा खेलिने मौलिक खेल तथा देउडाको भावलाई गीतमार्फत प्रस्तुत गर्दै सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने प्रयास गरिएको छ ।
सञ्चारकर्मीका रूपमा क्रियाशील विसीको यो चौथो देउडा गीत हो । उहाँले पत्रकारितासँगै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र देउडा परम्परालाई गीत–संगीत मार्फत उजागर गर्दै आउनुभएको छ ।
‘ओ भागा धौउलेनी कौकिता लेईजा’ गीतको अडियो तथा भिडियो देउडा गीत दीपक संगम बिसीको युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
लामो समयदेखि सञ्चारकर्ममा रहेका बिसी साहित्यको क्षेत्रमा पनि कलम चलाउँदै आउनुभएको छ । सञ्चारकर्मसँगै साहित्य र गीत–संगीतका माध्यमबाट समाजका विभिन्न पक्षलाई प्रस्तुत गर्दै आउनुभएका बिसीले देउडा गीतलाई पनि सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाएको बताए ।
बिसी नेपाल पत्रकार महासंघ बैतडी शाखाका उपाध्यक्ष समेत हुनुहुन्छ । हाल उहाँ सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जमा स्टेशन म्यानेजरका रूपमा कार्यरत हुनुहुन्छ ।
गीत हेर्न तथा सुन्न :