आज मेलौलीमा नेपाली कांग्रेसको पालिका सम्मेलन हुदै

बैतडी-मेलौलीमा आज नेपाली कांग्रेसको पालिका सम्मेलन हुने भएको छ। हिजो नगरपालिका भरिका ९ ओटै वडामा वडा सम्मेलन सम्पन्न भएपछि पालिका सम्मेलन हुन लागेको नेपालि कांग्रेस मेलौली नगर कमिटि सभापति प्रमानन्द भट्टले बताए।

पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन बिस्तारका लागि सम्मेलन थालिएको जनाइर्एको छ। यसले कांग्रेसलाई गतिशील बनाउनका लागि महत्वपूर्ण भूमिका निर्बाह हुने बिश्वास गरिएको छ।

यसैगरि सम्मेलनमा कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनु पर्ने रणनीतिका बिषयमा छलफल हुने जनाइएको छ। यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल हुने नेपालि कांग्रेस मेलौली नगर कमिटिले जनाएको छ।

पालिका सम्मेलन सम्पन्न भएपछि असार २ गते जिल्ला सम्मेलनको आयोजना गरिने नेपाली कांग्रेस बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.