महाकालीमा हाम फालेका युवा बेपत्ता

 

कञ्चनपुर– कञ्चनपुरको महाकालीमा हाम फालेका युवा बेपत्ता भएका छन् । कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हाम फालेका जनक भट्ट बेपत्ता भएका हुन् ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का २८ वर्षिय भट्टले शनिवार राति झोलुङ्गे पुलबाट नदिमा हाम फालेका थिए । उनको अवस्था अज्ञात छ । उनको खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले के कारणले नदीमा हाम फाले भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.