बैतडीको पञ्चेश्वरका रमेश भट्ट हराएको एक महिनापछि मृत अवस्थामा फेला

बैतडी । पञ्चेश्वर गाउँपालिका–०४ कनिना डङाका रमेश भट्ट आज हराएको एक महिनापछि मृत अवस्थामा फेला परेका छन। पञ्चेश्वर गाउपालिका–०३ मड् वल्या खोलाको खानेपानि ट्याङकि नजिक झाडिमा सडेको अवस्थामा शब फेला परेको स्थानिय बिरेन्द्र भट्टले बताए।

सुस्त मनस्थितिका १४ बर्षिय रमेश श्रावण ७ गते हराएका थिए। ३ दिन अगाढी खानेपानि लाईन बनाउन आएका स्थानियहरुले मान्छे कुहिएको जस्तो गन्ध आएपछि रमेशका परिवारलाई खबर गरेका थिए।

शब सडेर हड्डि मात्र रहेको अवस्थामा रमेशको शब फेला परेको हो। कपडा र चप्पलका आधारमा पहिचान गर्न सकिएको स्थानिय भट्टले बताए। सबैभन्दा माथि रमेशका चप्पल अलि तलतिर शरिल कपडा र त्यो भन्द तल टाउको भेटिएको उनले बताए।

जंगलि जनावरले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। रमेशको खोज तलासका लागि परिवारले प्रहरीमा निबेदन समेत दिएका थिए। रमेश घरका कान्छा छोरा हुन।

Leave A Reply

Your email address will not be published.