धनगढी -नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले जिम्मेबारी बाँडफाँड गरेको छ। बैठकले केन्द्रको योजनाअनुसार सुरु हुन लागेको तीन महिने अभियानको लागि कार्यविभाजन गरेको हो। बैठकले अभियानका लागि खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिएको छ।
व्यवस्थापन समितिमा हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामीसदस्य रहेका छन्। प्रचारप्रसारमा दीपेन्द्र रावल, लोकबहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ सदस्य छन्। बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र र जिल्ला इन्चार्जहरू पनि तोकेको छ।
निर्णयअनुसार कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेल्धुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुँवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको छ।