बैतडी । मेलौली नगरपालिका-०८ कोटिगाँउमा सोमबार गौरा (सेलाईने) समापन गरिने भएको छ। ‘अठ्यावाली’ एवं दुर्वाष्टमीको मेलाको दिन गाउका सबैको भद्र भलादमीको रहोवरमा भदो ११ गते सोमबारका दिन गौरा समापन गरिने गंगेश्वर देबताका मुखिया शम्भु सिह बिष्टले बताए।
गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ। गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडा लगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको सस्कृतका जानकार बताउछ। यो बर्ष गौराको तिथीका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि केही ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी रहेको छ।
यसैबीच गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि दुईदिन सार्वजनिक बिदा दिइएको छ।