दैलेख – दैलेखमा कर्णाली नदी तर्न चढेको डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् । डुङ्गा पल्टिँदा चामुन्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही नदीमा खसेर बेपत्ता हुनुभएको हो ।
आठबीस नगरपालिका–१ रामघाट नजिकबाट अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान पुग्न नदी तर्न चढेको डुङ्गा पल्टिँदा डुङ्गामा सवार शाही बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । उहाँलाई स्थानीयको सहयोगमा प्रहरीले खोजी गरिरहेको छ ।