शिक्षा क्षेत्रको सुधारको लागि नगरपालिका प्रतिबद्ध छ, नगर प्रमुख चन्द

बैतडी । मेलौली नगरपालिका नगर प्रमुख भिम बहादु चन्दले मेलौली नगरपालिका भित्र शिक्षा क्षेत्रको अवस्था सुधार गर्नको लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन। मंगलबार मणिलेक माबिको ७६ औँ बार्षिकोत्सब तथा अभिभावक दिवसमा आफ्नो धारण राख्दै यस्तो बताएका हुन।

शिक्षा क्षेत्रको अवस्था सुधार गर्नको लागि सबैले आ-आफ्नो स्थानबाट लाग्नु पर्नेमा उनले जोड दिए। आ-आफ्ना नानिबाबुको भबिष्य निर्माण गर्नमा अभिभावकहरुले पनि जिम्मेवार बन्नुपर्ने बताए। बिद्यार्थीहरुको चौतर्फि बिकासका लागि बिद्यालयहरुमा बिभिन्न शैक्षिक, समाजिक, मनोरञ्जनात्मक कार्यक्रम गरिनु पर्ने बताए।

नगरपालिका भरिमा कक्षा १० र ८ को नतिजा एकदमै कमजोर देखिएकाले आफ्ना छोराछोरी बिद्यालय गईरहेका छनकि छैनन, राम्रोसंग अध्ययन गरिरहेका छनकि छैनन, गृहकार्य गरिरहेका छनकि छैनन,  कुलतमा फसिरहेका छन कि भनेर पनि ध्यान दिएमा शैक्षिक अवस्था सुधार गर्न सकिने बताए।

आफ्नो ब्यक्तिगत तथा नगरपालिकाबाट हुने सहयोग बिद्यालयलाई गर्न जहिल्यै पनि तयार रहेको बताए। साथै मणिलेक माबि बिद्यालयको प्रगतीको कामना समेत गरेका थिए।

Leave A Reply

Your email address will not be published.