बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको पालिका स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडी द्धारा संञ्चालित सुरक्षित नेपाल परियोजनाको आयोजनामा पञ्चेश्वर गाउँपालिकामा सोमबार पालिका स्तरीय समीक्षा बैठक सम्पन्न भएको सामुदायिक प्रशिक्षक रुपक कठायतले बताउनुभयो । पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको सो समिक्षा बैठकको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष विना भट्ट रहनुभएको थियो ।
उक्त समिक्षा बैठकमा ६ वटै वडाका वडा अध्यक्ष, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक, लगायतको उपस्थिति रहेको थियो । सो बैठकमा जनवरी २०२३ देखि जुन २०२३ सम्म सम्पन्न गतिविधीहरुको समीक्षा,जुलाइ २०२३ देखि डिसेम्वर २०२३ सम्म संचालन गरिने गतिविधीहरुको जानकारी र परियोजनाका गतिविधी सम्पन्न गर्दा सम्वन्धित विषयगत शाखाको समवन्य र सहकार्य समपन्न गर्ने लगायतको विषयमा छलफल गरिएको कठायतले बताउनुभयो ।
परियोजनाका गतिविधीहरुको प्रस्तुतीकरण फिल्ड संयोजक कमला राई र प्राविधिक सहायक प्रविन सुवेदीले गर्नु भएको थियो । साथै विपद् जोखिम न्यूनीकरण सम्वन्धी भाद्र २८ गते पञ्चेश्वर गाउँपालिकाको सहकार्य र रेडियो मेलौली एफएमको समन्वयमा गाउँपालिका स्तरीय देउडा प्रतियोगिता हुने बताईएको छ ।