बैतडी – डडेल्धुराको भागेश्वर गाउँपालिका–०२ रुपालमा प्रत्येक ३ बर्षमा लाग्ने जोगेनी जाँत सम्पन्न भएको छ। दिउंसोको समयमा हुने उक्त जाँत आज सम्पन्न भएको हो। दलित पुजारी हुने जाँतका रुपमा चिनिएको जोगेनी जाँतमा भस्सो खेली हातमा तरवार समेत प्रर्दशन गर्ने गरिदै आएको वडा नं २ का अध्यक्ष उपेन्द्र जोराले बताए।
वडा अध्यक्ष जोराका अनसार “जाँत हेर्न र रमाईलो गर्न देश तथा बिदेशमा रहेका रुपाल वासीहरु लगाएत अन्य क्षेत्रवाट समेत श्रद्धालुभक्त जनहरु आएका थिए।” जोगेनी जाँतको कथा २२ से २४ से राज्यकाल संग जोडिने जानकारहरु बताउँछन। “राजा नागी मल्लको शासन कालमा त्याहाँका स्थानीय जाखमा बस्ने सुनी जातीका दलित समुदायहरु महाकालीमा माछा मारेर गुजारा गर्थे , ठुलो माछा परेपछि दरवारमा पुरयाउने चलन थियो।”
माछाहरु दरवारमा पुरयाउन लाग्दा ढुङ्गामा परिणत भएछन र आज पनी जाँत हुने ठाउँमा ३सय ६४ ढुङ्गा छन। ती सवै ढुङ्गामा भोग लगाउने प्रचलन छ। स्थानीय जानकारहरुको भनाईमा माछा ढुङ्गामा परिणत हुदा निकै ब्यथीती भयो र त्यसपछि ब्यथीती शान्त पार्न पनि यो मेला आयोजना गरिएको हो।
जाँतको बिशेषता भनेकै दिनभर भोस्सो खेल्ने मात्र हो। अर्थात हातमा ढाल, तरवार प्रदर्शन गर्नु यसको बिशेष अर्थ महाकालीमा पुगेका बीरहरुलाई अल्झयाउनु हो। जोगेनीको मन्दिर भने त्यस क्षेत्रमा छैन तरपनी जोगेनीलाई देवीका रुपमा लिने गरिएको छ।
उक्त जाँतमा सुनी, तिरुवा र सार्की जातीले पुजारी र पुजा ब्यवस्थापनको काम गर्दै आएका छन। रजश्वला भएका महिला तथा क्रयापुत्रीहरु समेत यो जाँतमा आउन सक्छन। यसलाई भूतको जाँत पनि भन्ने गरिएको कतिपय जानकारहरुको भनाई छ। गाउँपालिका कै प्रसिद्ध मेला भएकाले भागेश्वर गाउँपालिकाले बिहीवार १ दिन सार्वजनिक बिदा समेत दिएको हो।