मेलौली-८ मा गौरा पर्वको अवसरमा खुला पुरुष देउडा प्रतियोगिता हुने

बैतडी- बैतडीको मेलौली नगरपालिका–८ कोटिगाउँमा गौरा पर्वको अवसरमा खुला पुरुष देउडा प्रतियोगिता हुने भएको छ ।

राइजिङ एट सोसाइटी मेलौली–८ को आयोजनामा गौरा पर्वको अवसर पारेर खुला पुरुष देउडा प्रतियोगिता आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार प्रतियोगिता दिउँसो १२ बजेदेखि कमलपुर माविको प्राङ्गणमा सञ्चालन हुने समितिका अध्यक्ष सम्भु सिंह विष्टले बताए । ।

प्रतियोगिता २०८३ भदौ २० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक देउडियाहरूले भदौ २० गते बिहान १० बजेसम्म नाम दर्ता गराउनुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई १० हजार रुपैयाँ सहित सम्मान, द्वितीयलाई ७ हजार रुपैयाँ, तृतीयलाई ५ हजार रुपैयाँ र सान्त्वना हुने समूहलाई ३ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ । साथै सहभागी सम्पूर्ण देउडियाहरूलाई समेत सम्मान गरिने जनाइएको छ ।

आयोजकले गौरा पर्वको मौलिक संस्कृति तथा देउडा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक देउडिया खेलाडी तथा देउडा प्रेमीहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.